Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

अखाद्य वस्तु उत्पादन एवं बिक्री गर्ने सुनाकोठीको दुई कम्पनी सिल

अखाद्य वस्तु उत्पादन एवं बिक्री गर्ने सुनाकोठीको दुई कम्पनी सिल

  • ललितपुर । ललितपुर महानगरपालिका-२७ सुनाकोठीमा रहेको अखाद्य वस्तु उत्पादन एवं बिक्री गरेको अभियोगमा सोमबार प्रहरीले दुई कम्पनी सिल गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    महानगरीय अपराध महाशाखा मीनभवन काठमाडौंबाट खटिएको विशेष टोलीले खाद्य तथा गुण नियन्त्रण बिभाग बबरमहलको रोहबरमा दुबै कम्पनीबाट उत्पादित सबै अखाद्य सामग्री तथा कच्चा पदार्थहरू नष्ट गरी कम्पनीहरू सिल गरेको हो ।

    AGNI GROUP

    सिन्धुपाल्चोक बाडेगाउँ गाउँपालिका-१ घर भई हाल काठमाडौंमा बस्ने ४४ वर्षीय नर बहादुर श्रेष्ठले सञ्चालन गर्नुभएको ‘स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी प्रालि’ र ‘श्रीतारा फुड्स एण्ड स्पाइसी प्याकेजिङ प्रालि’ लाई अखाद्य वस्तु उत्पादन एवं बिक्री गरेको अभियोगमा सोमबार प्रहरीले सिल गरेको छ । दुवै कम्पनीले खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति समेत नलिई विगत ३ वर्षदेखि म्याद नाघेका र बजारमा बिक्री वितरण नभई फिर्ता भएका कुकिज बिस्कुट तथा सडेगलेका एवं म्याद नाघेका पाउरोटीलाई पुनः धुलो बनाई कुकिज टोष्ट तथा अन्य बिस्कुटहरु बनाई बजारमा बिक्री वितरण गर्दै आएको थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij