Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

ललितपुरमा फागुन १५ बाट परिचयपत्र विवरण दर्ता शुरू

ललितपुरमा फागुन १५ बाट परिचयपत्र विवरण दर्ता शुरू

  • काठमाडाैँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ललितपुरमा यहीँ फागुण १५ गतेदेखि परिचयपत्र वितरणका लागि दर्ता शुरू गर्ने तयारी गरेको छ ।

    images
    images
    images

    विभागका निर्देशक ललितकुमार बस्नेतका अनुसार विभागले शुरूमा ललितपुरको गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकामा विवरण दर्ता थालनी गर्नेछ । उहाँले ती स्थानीय तहका वडाहरूबाटै विवरण दर्ता कार्य गरिने र त्यसपछि महानगरपालिकामा दर्ताको कार्य अघि बढाउने तयारी रहेको जानकारी दिनुभयो ।

    images

    राहदानी विभागले विद्युतीय राहदानी लिनका लागि मंसिर १ गतेदेखि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको थियो । विद्युतीय राहदानी लिनका लागि अनलाइन आवेदन दिनुभन्दा अघि राष्ट्रिय परिचयपत्र नम्बर दर्ता गराउनुपर्नेछ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij