
Apr 18 2025 | २०८२, वैशाख ५ गते
'पुलको काम गर्छु' गोल्छा
वीरगंज । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी तथा कार्यकारिणी समिति सदस्यहरुको सम्मानमा वीरगंज उद्योग वाणिज्य संघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले राज्य र उद्योगी व्यवसायी बीच पुलको रूपमा महासंघले सशक्त रूपमा काम गर्ने बताए। गोल्छाले निजी क्षेत्रका साझा समस्याहरुलाई सम्बोधन गर्ने दिशामा हिजोभन्दा अझ बढी प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले देशका सामु विद्यमान आर्थिक, औद्योगिक व्यापारीक, वित्तीय तथा राजस्व र कर सम्बन्धी सयौं समस्याहरु समाधानका लागि बारम्बार महासंघलाई मोफसलका उद्योगी व्यवसायीहरुले गुहारे पनि महासंघबाट हुने सहयोग नपाएकोमा असन्तुष्टि जनाएका थिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij