Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

बालकुमारी मूर्तिको सुरक्षाका लागि ४ वटा सिसिटिभी

बालकुमारी मूर्तिको सुरक्षाका लागि ४ वटा सिसिटिभी

  • ललितपुर । ललितपुर महानगरपालिका वडा नं. २७  सुनाकोठीस्थित बालकुमारी मन्दिरमा ४ वटा सिसिटिभी जडान गरिएको छ । माघ ९ गते आइतबार बालकुमारी मन्दिरको ऐतिहासिक मूर्ति चोरी भएको थियो । उक्त मूर्ति माघ २८ गते ललितपुरको हात्तिवनमा पेला परेको हो । मूर्तिलाई सुनाकोठीका स्थानीय बासिन्दाहरूले बाजा बजाएर जात्रा गरी बालकुमारी मन्दिरमा मूर्ति प्रतिस्थापन गरे । 
    मूर्ति चोरिएपछि खोज्न ललितपुर प्रहरी परिसरका डिएसपी दिपक भारतीको संयोजकत्वमा विशेष अनुसन्धान टोली गठन गरिएको थियो । स्थानीयले फेरी पनि मूर्ति चोरी हुनबाट बचाउनका लागि सुरक्षाका विभिन्न उपायहरु अपनाएको जनाएका छन् । 

    images
    images
    images

    चापागाउँ प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीका अनुसार बालकुमारी मूर्ति सुरक्षाका लागि मन्दिरका वरिपरि चार वटा सिसिटिभी जडान गरिएको जनाए । डिएसपी कार्कीले भने ‘सिसिटिभीका साथ साथै स्थानीहरूबाट पनि सूरक्षका लागि विभिन्न किसिमका प्रयास भैरहेको छ ।’

    images

    सांसद राजकाजी महर्जनले भने ‘अहिले मुख्य चोक चोकमा ४ वटा सिसिटिभी जडान गरिएको छ । मन्दिरमा पहिला भन्दा बढि मजबुद र सुरक्षित बनाउनका लागि लकहरू बढाइको छ ।’

    बालकुमारी गुठीका भलादमी जनकराज महर्जनका अनुसार ‘अहिले बलियो खालको लक लगाइको छ । मूर्तिको सुरक्षाको लागि स्थानीहरूसँगको बैठकमा मन्दिरको ढोकामा डोर सेन्सर, साइरन र जिपिएसलगायतका सुरक्षा प्रविधि अपनाउने निर्णय भएको बताए ।’

     

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij