Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

बेरोजगार युवालाई राेजगारीका लागि चिरीवावुकाे राज्यकाे सूचना

बेरोजगार युवालाई राेजगारीका लागि चिरीवावुकाे राज्यकाे सूचना

  • ललितपुर/ प्रधानमन्त्री रोजगार कार्यक्रममा मार्फत युवालाई रोजगारीमा जोडिनका ललितपुर महानगरले आव्हान गरेको छ । ललितपुर महानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै बेरोजगार युवाहरुलाई निवेदन दिन आव्हान गरेको छ।  बेरोजगार युवाहरुलाई बार्षिक न्युनतम १०० दिनको रोजगारमा लगाइ पारिश्रमिक दिने नीति अनुरुप प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरी बेरोजगारहरुको पहिचान र सूचीकरण गर्ने र रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरूलाई एक आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी प्रत्याभूति गरिने व्यवस्था गरेको छ । नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरेको छ । सबै नागरिकलाई न्यूनतम रोजगारीको प्रत्याभूति गरी मौलिक हकका रुपमा रहेको रोजगारीको हकको कार्यान्वयन गर्ने उद्देश्य अनुरुप ललितपुर महानगरले २०७८/०७९ को बार्षिक कार्ययोजना अनुरुप प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीको लागि रुपान्तरण पहल आयोजनामा जोडिएर बार्षिक न्युनतम रोजगार प्राप्त गर्नका लागि आव्हान गरेको हो । रोजगारीमा आबद्ध हुन चाहने १८ वर्ष देखि ५९ उमेर समूहभित्रका सम्पूर्ण बेरोजगार व्यक्तिले ललितपुर महानगरका आफु स्थायी बसोबास सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्नेछन् । यश कार्यक्रममा सहभागी हुन चाहानेले २०७८ फागुन मसान्तसम्म आवेदन दिईसक्नुपर्ने महानगरले जारी गरेको सूचनामा उल्लेख छ। आवश्यक कागजातहरुः यस कार्यक्रममा सहभागी हुन चाहाने बेरोजगार निवेदकले आफू लगायत परिवारको सम्पूर्ण सदस्यहरुको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि तथा कामको अनुभव भएमा सोको प्रमाणित प्रतिलिपि, अशक्तता भएमा अशक्तता परिचयपत्रको प्रतिलिपि र एक प्रति पासपोर्ट साइजको फोटो सहित निवेदन पेश गर्नुपर्ने छ।received_5137329102997412.jpeg

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij