
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रका विभिन्न ठाउँमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ । महानगरले महानगरीय प्रहरी परिसर जावलाखेलसँग सहकार्य गरेर सीसिटिभी क्यामेरा जडान गर्न लागेको हो ।
महानगरले बाग्मती पुलबाट जावलाखेल–लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटल, पाटन ढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार–लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म ६६९ वटा स्मार्ट सडक बत्ती जडान गरिसकेको छ ।
मेयर चिरिबाबु महर्जनका अनुसार दोस्रो चरण अन्तर्गत चक्रपथ बाहिरका खोकना, बुङमती, हरिसिद्धी, सुनाकोठी, धापाखेलमा स्मार्ट सडक बत्ती जडानको काम सुरु हुँदै छ । ललितपुर महानगरभित्र पर्ने चक्रपथमा पनि स्मार्ट सडक बत्ती जडानको तयारी भइरहेको उनले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij