
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुर महानगरपालिका नगर प्रहरीले सूचना केन्द्र स्थापना गरेको छ । महानगरपालिकाले नगर प्रहरीको समन्वयमा सूचना केन्द्र स्थापना गरेको हो । हाललाई महानगरभित्र सात ठाउँमा सूचना केन्द्र स्थापना गरिएको नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताउनुभयो । अहिले जावलाखेल, लगनखेल, हरिसिद्धि, धापाखेल, नखिपोट र भैँसीपाटीमा स्थापना गर्नेछौं । सूचना केन्द्र किन भन्ने प्रश्नमा नगर प्रहरीका प्रमुख हाछेथुुले बुँदागतरुपमा भन्नुभयो ।
१. ललितपुर नगरपालिकाले गरेका काम कारबाहीबारे सर्वसाधरणलाई सहजै जानकारी गराउन ।
२) सबै वडाबारे एकै ठाउँबाट जानकारी गराउन ।
३) महानगर खुल्ने, बन्द हुने समयबारे, कुन शीर्षकको राजश्व कति पर्छ, कहाँ तिर्नेबारे जानकारी ।
४) ललितपुर महानगर भित्रका पर्यकीय क्षेत्रबारे सूचना दिन ।
५) नगर प्रहरीको काम कर्तव्य जानकारी दिन ।
६) कुनै ठाउँमा अनधिकृत रुपमा घर टहरा निर्माण गरेमा नक्सा पास नगरी संरचना बनाएमा यसबारे महानगरलाई सुचना दिन ।
७) कुनै ठाउँमा ढल फुट्यो, पोल ढल्यो, सडक अवरुद्ध भयो, ट्राफिक जाम भयो यसबारे जानकारी लिन र दिन
८) कसैले जथाभावी फोहोर फालेमा र धेरै दिन भयो फोहोर नउठेमा सूचना दिन सकिन्छ ।
९) कहाँ जाने गाडी कहाँबाट पाईन्छ ? कति टाढा छ, कति भाडा लाग्छ यसबारे जनकारी दिन ।
१०) महानगरभित्र कुन स्कूल कहाँ छ, कलेज कहाँ छ यसबारे जानकारी दिन ।
११) महानगरभित्र रहेका सरकारी कार्यालय, हस्पिटलबारे जानकारी दिन ।
१२) दमकल, एम्बुलेन्स, शववाहन लगायत अत्यावश्यक सेवा सिघ्र दिन ।
साथै, हाछेथुका अनुसार सुचना केन्द्र सानेपाको रिङ्गरोडभित्र ३ ठाउँमा र रिङ्गरोड बाहिर पनि ४ वटा ठाउँमा राख्ने तयारी भएको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij