Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर । उपत्यकाको ७ वटै ट्राफिक कार्यालयहरूबाट ट्राफिक नियम उल्लंघन गरेबापत ‘किअस्क’ मेसिनको प्रयोग गरी जरिवाना तिर्न सकिने भएको छ ।
आइतबार महानगरीय ट्राफिक प्रहरी परिसर सातदोवाटोमा महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभु-पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा ‘प्रभु-पेको किअस्क मेसिन’को उद्घाटन गर्नेु भएको थियो ।
कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले ट्राफिक नियम उलङ्घन गरेबापत ‘किअस्क’ मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने भएकाले बैंकमा गई लाइन बस्नुपर्ने झन्झट हुँदैन । यसले समयको बचत भई सेवालाई थप परिष्कृत र सहज हुने कुरा बताउनु भयो ।
उपत्यकाको ७ वटै ट्राफिक कार्यालयहरूबाट सम्पादन हुने कार्यहरुलाई प्रविधीमैत्री बनाउँदै लैजाने योजना अनुरुप यसभन्दा पहिले नै यपेमेन्ट ,इचलान अरु थुपरै प्रविधीमैत्री कार्यहरु तालुक महाशाखाले गर्दै आएकोमा आज तालुक महाशखा उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उलङ्घन गरेको कसुरमा ट्राफिक प्रहरीको कारबाहीमा खिचेका कागजपत्र फिर्ता लिनकोलागि जरिवाना भुक्तानी गर्ने सेवाग्राहीहरुलाई छिटो छरितो रुपमा सेवा दिने उद्देश्यले किअस्क मेसिनबाट जरिवाना भुक्तानी गर्नेकार्यको सुरु भएको ट्राफिक प्रहरी कार्यालय सातदोबाटोका प्रमुख इन्स्पेक्टर नरेश शाहीले बताउनु भयो । 
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij