Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

अनलाइन पत्रिकाको विशेष समाचार बुलेटिन

अनलाइन पत्रिकाको विशेष समाचार बुलेटिन

  • नागरिकको स्वास्थ्य बुझ्न सडकमा पाटनका हाकिमहरुको हुल

    images
    images
    images

    ललितपुर । कोभिड – १९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमित बढ्दै गएको छ । यसैलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले सुरक्षा सतर्कता बुझन प्रारम्भ गरेको छ ।
    हिजोबाट २७ बुँदे आदेश जारी गरेको प्रशासनले यसको कार्यान्वयन भएको नभएको बुझ्न सिडिओ घनश्याम उपाध्याय सडकमा उत्रिएका हुन् ।

    images

    सिडिओसँगै राष्ट्रिय अनुसन्धानका प्रमुख एसएसपी इन्द्र लामा, प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाह र जनस्वास्थ्यका प्रमुख ऋषि विष्टसहितको टोलीले स्वास्थ्य सतर्कताबारे निगरानी गरे । 

    सिडिओसहितको टोलील लगनखेलको मुख्य बजार, बीएण्डबी अस्पताल, लबीम मल, भाटभटेनी र सेल्सबेरि डिपार्टमेन्ट स्टोरको अनुगमन गरेका हुन् । सुरक्षा मापदण्ड कार्यान्वयनको अनुगमन गर्न सडकमा उत्रिएको टोलीलाई ट्राफिक प्रहरी कार्यालय सातदोबाटोका प्रमुख इन्स्पेक्टर नरेश शाहीले स्कर्टिङ गरे । 

    भारतमा कोभिडबाट २ लाख ८२ हजार संक्रमित

    भारतमा पछिल्लो २४ घन्टामा २ लाख ८२ हजारमा कोभिड संक्रमण देखिएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा 
    १८ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । अहिलेसम्म आठ हजार ९६१ मा कोभिडको नयाँ भेरियन्ट देखिएको छ । 
    पछिल्लो २४ घन्टामा कोभिडका कारण ४४१ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोभिडबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रमोर्चामा खटिएका व्यक्ति प्रभावित हुन थालेका छन्। कोभिड बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ । 

    images

    ललितपुर जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई कोरोना : अत्यावश्यकबाहेक सम्पूर्ण सेवा स्थगित 

    कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा स्थगित गरेको जनाएको छ ।
    प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बुधबार सूचना जारी गरी केही कर्मचारीमा संक्रमण देखिएकाले बिहीबारदेखि प्रशासन कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका अन्य सेवा अर्को सूचना जारी नगर्दासम्म बन्द गरिएको जानकारी दिए ।
    बिहीबारदेखि लागू हुने गरी नागरिकता, नागरिकता प्रतिलिपि, संघसंस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र र राहदानीसम्बन्धी फाँटर्फको सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको छ । शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा भने नियमित रुपमा हुने छ ।

    एपिएफलाई प्रधानमन्त्री कप टी-२० प्रतियोगिताको उपाधि

    नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । बुधबार भएको फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । तीव्र गतिका बलर किशोर महतो र अमरसिंह राउटेलाको उत्कृष्ट प्रदर्शनमा एपिएफ पुलिसविरुद्ध हाबी भएको थियो ।

    एक सय ५८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३६ रन मात्र बनाउन सक्यो । पुलिसका दीपेन्द्रसिंह ऐरीले ५४ बलमा तीन चौका र दुई छक्कासहित ६५ रनको योगदान दिएका थिए ।

    ३६ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण

    मकवानपुरको सरकारी अस्पताल हेटौँडामा कार्यरत ३६ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
     

    गत बिहीबारदेखि आजसम्म गरिएको पिसिआर परीक्षणमा अस्पतालका ३६ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईर्ले जानकारी दिनुभयो । अस्पतालका अनुसार चार चिकित्सक, ११ नर्स र प्रयोगशालामा कार्यरत १३ स्वास्थ्यकर्मी र आठ जना कार्यालय सहयोगी गरी ३६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

    काठमाडौं जिल्ला अदालतको सेवा कटौती 

    काठमाडौं जिल्ला अदालतले कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै सेवा कटौती गर्ने निर्णय गरेको छ । बुधबार बसेको अदालतको पूर्ण बैठकले ६ माघ बिहीबारदेखि १८ माघ मंगलबारसम्मका लागि सेवा कटौती गर्ने निर्णय गरेको हो । 
    ३० जना कर्मचारीमा कोरोना संक्रमण देखिएको र सर्वोच्च अदालतको ४ माघको पूर्ण बैठकले सेवा कटौती गर्ने निर्णय गरेको भन्दै काठमाडौं जिल्ला अदालतले पनि १८ माघसम्म सेवा कटौती गर्ने निर्णय गरेको हो । 

    सरकारले घटायो पीसीआर परीक्षण शुल्क 

    सरकारले कोरोनाभाइरस संक्रमण भए नभएको पुष्टि गर्न गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । 
    पीसीआर परीक्षणको शुल्क शुल्क घटाएर ८०० रुपैयाँ कायम गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । 
    उनका अनुसार पीसीआर परीक्षण एक हजार रुपैयाँ लिँदै आएको अब २०० रुपैयाँ घटाएर ८०० रुपैयाँ कामय गरिएको हो । 

    सरकारी प्रयोगशालाले लिइँदै आएको एक हजार रुपैयाँ शुल्कलाई घटाएर ८०० रुपैयाँ कायम गरेको डा। अधिकारीले जानकारी दिए । 
    उनका अनुसार निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्दा बढीमा एक हजार ५०० रुपैयाँ मात्र लिन पाउनेछन्  ।

    एमाले रौतहटको अधिवेशन पुनः गराउन केन्द्रीय समितिसँग माग

    नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलौटी रूपमा रौतहटमा नयाँ नेतृत्व घोषणा गरेको भन्दै अर्को पक्षले असन्तुष्टि जनाउँदै आएको छ । साह पक्षले त्रिभुवन साहलाई जिल्ला अध्यक्ष चयन गरेपछि निवर्तमान अध्यक्ष तुल्सीराज गिरी पक्षले आपत्ति जनाउँदै आएको हो । 

    एमाले नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयनको घोषणा गरिएको थियो । 

    पार्टी प्रदेश कमिटी अध्यक्ष राम औतार  यादवले स्थायी कमिटी सदस्य तथा प्रदेश सहइन्चार्ज प्रभु साह, पोलिटव्युरो सदस्य एवं प्रदेश सहइन्चार्जहरू लीलानाथ श्रेष्ठ, समन प्याकुरेल, अच्युत मैनालीको उपस्थितिमा अधिवेशन हल बाहिर अज्ञात स्थलमा गई प्रतिनिधिलाई थाहै नदिई कमिटीका पदाधिकारीलाई शपथ ग्रहण गराउनु आपत्ति जनक रहेको गिरी पक्षको आरोप छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij