Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

नागरिकको स्वास्थ्य बुझ्न सडकमा पाटनका हाकिमहरुको हुल

नागरिकको स्वास्थ्य बुझ्न सडकमा पाटनका हाकिमहरुको हुल

  • हिजोबाट २७ बुँदे आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय ललितपुरले सुरक्षा सतर्कता कार्यान्वयन भएको\नभएको बुझ्न सिडिओ घनश्याम उपाध्याय सडकमा उत्रिएका हुन् ।

    ललितपुर । कोभिड – १९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमित बढ्दै गएको छ । यसैलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले सुरक्षा सतर्कता बुझन प्रारम्भ गरेको छ ।

    images
    images
    images

    हिजोबाट २७ बुँदे आदेश जारी गरेको प्रशासनले यसको कार्यान्वयन भएको नभएको बुझ्न सिडिओ घनश्याम उपाध्याय सडकमा उत्रिएका हुन् । सिडिओसँगै राष्ट्रिय अनुसन्धानका प्रमुख एसएसपी इन्द्र लामा, प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाह र जनस्वास्थ्यका प्रमुख ऋषि विष्टसहितको टोलीले स्वास्थ्य सतर्कताबारे निगरानी गरे । 

    images

    सिडिओसहितको टोलील लगनखेलको मुख्य बजार, बीएण्डबी अस्पताल, लबीम मल, भाटभटेनी र सेल्सबेरि डिपार्टमेन्ट स्टोरको अनुगमन गरेका हुन् ।

    सुरक्षा मापदण्ड कार्यान्वयनको अनुगमन गर्न सडकमा उत्रिएको टोलीलाई ट्राफिक प्रहरी कार्यालय सातदोबाटोका प्रमुख इन्स्पेक्टर नरेश शाहीले स्कर्टिङ गरे । 

    272080474_357835569081646_4951811572175902958_n.jpg

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij