
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । महालक्ष्मी नगरपालिकाका नगर प्रमुखलगायत सिंगो कर्मचारी वृत्तमा कोरोना संक्रमण पुष्टि भएको छ । नगर प्रमुख रामेश्रवर श्रेष्ठ र उपप्रमुख निर्मला थापालाई कोभिड–१९ संक्रमित भएको हो । यस अघि पनि श्रेष्ठलाई कोभिड–१९ संक्रमित भएको थियो ।
श्रेष्ठको स्वास्थ्यमा समस्या आउन थालेपछि किष्ट मेडिकल कलेजमा उपचारत हुनुहुन्छ । मंगलबार बिहान अनलाइन पत्रिकासँग कुरा गर्दै मेयर श्रेष्ठले भन्नुभयो, ‘अहिले स्वास्थ्य सुधारोन्मुख छ । मेरो स्वास्थ्यमा चासो दिनुभयो, धेरै धेरै धन्यवाद ।’
उप प्रमुख आफ्नै निवासमा आइसोलेसनमा बसिरहनुभएको छ । साथै कार्यालयका कर्मचारीहरूमा पनि कोभिड–१९ संक्रमण भएको जानकारी प्राप्त भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij