
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले अनलाइन पत्रिकालाई भने, ‘यो अनुगमनको मुख्य उद्देश्य भनेकै खोप वितरणमा पारदर्शीता र तोकिएको वर्गलाई सहज होस् भन्ने नै हो ।'
ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले खोप केन्द्रमा अनुगमन गरेका छन् । विद्यार्थीहरुको लागि वितरण गरिएको खोपको जाँच गर्न आचार्य अनुगमनमा पुगेका हुन् ।
ललितपुरका स्कूलस्कूलमा छड्के जाँच गर्दै खोप वितरणको अवस्थाबारे जानकारी लिएका अर्यालले विद्यार्थीहरुसँग पनि सम्वाद गरे । प्रमुख प्रशासकीय अधिकृत आचार्यले नाइटिंगेल स्कूल, सेन्ट जेभियर्सलगायत ललितपुरका करिब एकदर्जन विद्यालयमा पुगेर खोप वितरणको प्रत्यक्ष जानकारी लिए ।
खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मीहरुसँग समेत प्रतिक्रिया लिएका अर्यालले अनलाइन पत्रिकालाई भने, ‘यो अनुगमनको मुख्य उद्देश्य भनेकै खोप वितरणमा पारदर्शीता र तोकिएको वर्गलाई सहज होस् भन्ने नै हो ।'
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij