
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । श्रीकृष्ण प्रणामी बचत तथा ऋण सहकारी को १५ औँ वार्षिक साधारणा सभा इमाडोलमा सम्पन्न भएको हो ।
सहकारीको ३ वर्षको अधिवेनबाट अध्यक्षमा बालकृष्ण पौडेल सर्वसम्मत चयन भए । उपाध्यक्षमा हर्ष बहादुर थापा, सचिव कृष्ण कुमार सुवेदी, कोषाध्यक्ष राजन सुवेदी र सदस्यहरूमा क्रमशः उद्धव के.सी, धर्म प्रसाद भट्टराई, केदार प्रसाद तिमल्सिना, नन्द किशोर शर्मा, चिन्तामणि बस्नेत, रणदीप के.सी र पवित्र बुढाथोकी (थापा) निर्वाचित भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि ललितपुर जिल्ला बचतका वरिष्ठ उपाध्यक्ष करुणा रत्न बज्रचार्य र विशेष अतिथि श्री कृष्ण प्रणामी सेवा समितिका अध्यक्ष श्याम के.सी रहेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij