Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

रातो मच्छिन्द्रनाथको नयाँ पुजारी नियुक्त गरिँदै

रातो मच्छिन्द्रनाथको नयाँ पुजारी नियुक्त गरिँदै

  • ललितपुर ।  ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रेखदेख, पूजा र जात्रा व्यवस्थापनका लागि नयाँ पुजारी नियुक्त गरिँदै छ । मच्छिन्द्रनाथ गुठीका ३१ पानेजु गठन गरिने परम्परा रहँदा पिता भुवनराज शाक्यको निधनपछि पुत्र सम्पूर्णराजलाई नयाँ पानेजु नियुक्त गर्न लागिएको हो । पुजारी बन्न पाँच दिनअघिदेखि चोसो खाएर बसेको, विभिन्न देवीदेवताका पूजापाठ गरिएको र रातो ओढ्ने ओढेर  प्रक्रिया अघि बढाइएको अर्का पुजारी हेम बज्राचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “भोलि(मङ्गलबार) हामी आठ पुजारी बसेर सानो पूजा सकेपछि नयाँ पानेजु नियुक्त गर्ने कार्य पूर्ण हुन्छ ।” 

    onlinepatrika
    Arghakhachi

    आरती दिनमा पाँच पटक 
    रातो मच्छिन्द्रनाथको आरती दिनमा पाँच पटक हुने गर्छ । मच्छिन्द्रनाथलाई बुङ्मती र तःबहाल दुवैतिर राख्दा दिनमा पाँच पटक आरती गरिने चलन रहेको मच्छिन्द्रनाथका गुरुज्यू अर्थात् मूल पुजारी कमलराज बज्राचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “करुणामयको बिहान ५ बजे, दिउँसो १० देखि ११ बजे, साँझको आरती गर्नुपूर्व, साँझ परेपछि र अन्त्यमा राति ९ देखि १० बजे आरती  गरिन्छ ।” हरेक दिन पाँच पटक गरिने सो आरती चार पटक आरती गुठीका मानिसले तथा एक पटक मन्दिरमा बस्ने पुजारीले नै गर्ने गरेको बज्राचार्यले जानकारी दिनुभयो । 

    AGNI GROUP

    मच्छिन्द्रनाथलाई बुङ्मती वा पाटन जहाँ लगिए पनि श्रद्धाका साथ पाँच पटक आरती गर्ने चलन छ । दैनिक पाँच पटक गरिने सो आरती बिहान अनि साँझ एक गुठीले त अपराह्न अनि राति अर्को गुठीले गर्ने गरेको बज्राचार्यको भनाइ छ ।  हरेक दिन साँझ अघि गरिने आरतीलाई ‘दीपज्वाला’ भनिन्छ ।  लोकेश्वरको दैनिक चार पटक आरती गर्नका लागि ‘तःबहाल’ मा पाटन र बुङ्मती गुठीका मानिस रहनाका साथै ‘बुङ्मती’ मा पनि पाटन र बुङ्मती गुठीका मानिस रहेको पानेजु जगतपति शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “वृष्टिदेवको दैनिक नित्य पूजा गर्दा पर्वअनुसारका विभिन्न स्तोत्र पनि पाठ गरिन्छ ।” मच्छिन्द्रनाथका दायाँबायाँ र अगाडि बसेर स्तोत्र पाठ गरिने गरिएको बज्राचार्यको भनाइ छ । 

    यसैगरी लोकनाथलाई सङ्क्रान्तिका दिन नेवार समुदायका मानिसले घरबाट पूजा सामग्री लिएर मन्दिरमा दर्शन गर्न आउने गरेको मैयाँ डङ्गोलले बताउनुभयो । उहाँले भन्नुभयो,“यदि सङ्क्रान्तिका दिन जुठो तथा छेकथुन परेर मच्छिन्द्रनाथको दर्शन गर्न पाएनांैँ भने अन्य दिन गरे पनि कुनै फरक पर्दैन ।” करुणामयको दर्शन खाली पेटमा गर्नुपर्छ भन्ने कुनै बाध्यता छैन । सक्ने मानिसले भोकै त नसक्नेले टन्न खाना खाएर बिहान, अपराह्न र बेलुका जुनसुकै समय मन्दिर आउन पाउने सुन्धारा निवासी चैत्यराज बज्राचार्यले बताउनुभयो । 

    पानेजुलाई  एक छाक 

    बुङ्मतीका साथै तःबहाल मन्दिरभित्र लोकेश्वरको दैनिक सेवामा खटिने पानेजुले दिनको एक छाक मात्र चोखो खाना खान पाउँछन् । मध्याह्न १२ बजेतिर सानो केराउको दाल, भात, घ्यू, चाकु, दूध र राति मात्र शुद्ध पानी पिउन पाइने नियम रहेको शाक्यले बताउनुभयो । 
    गत मङ्सिर २४ गते वृष्टिदेव बुङ्मतीबाट पाटन ल्याइएसँगै तःबहालमा भक्तजनको घुइँचो लाग्ने गरेको छ । काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तावलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने गर्छन् । 
        
     प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन आर्यावलोकितेश्वरको महास्नान गर्ने परम्परा छ । दमकलचोकस्थित जोगाम्बर पीठमा मच्छिन्द्रनाथको रथ बनाउने गरिन्छ । विसं ८०० मा राजा वरदेवले रथ बनाउन लगाएको सुन्धारा निवासी सूर्यमान डङ्गोलले बताउनुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij