Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

नेकपा (एमाले) ललितपुरको १० औँ जिल्ला अधिवेशन : सबैको पकड बलियो, कसको जीत पक्का ?

नेकपा (एमाले) ललितपुरको १० औँ जिल्ला अधिवेशन : सबैको पकड बलियो, कसको जीत पक्का ?

  • ललितपुर । नेकपा (एमाले) ललितपुरको १० औँ जिल्ला अधिवेशनमा चार जनाले अध्यक्ष पदका लागि दाबी गरेका छन् ।
    प्रदेश सासंद चेतनाथ सञ्जेल, पुर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल र जिल्ला पार्टीका सहसंयोजक प्रेमभक्त महर्जन र ललितपुर एमाले सचिव पुरुषोत्तम आचार्यले एमाले ललितपुरको अध्यक्षका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

    images
    images
    images

    आचार्य ललितपुर एमालेका सचिव हुन् भने सञ्जेल प्रदेश सासंद हुन् । पहिले जिल्ला उपाध्यक्ष समेत रहेका सिलवाल गोदावरी नगरपालिकाको स्थानीय निर्वाचन पराजित भएका थिए । बुङमतीका गाविस अध्यक्ष समेत भएका महर्जन १० बुँदे सहमतीपछि जिल्ला पार्टीको सह संयोजक नियुक्त भएका थिए ।

    images

    प्रेमभक्त महर्जन एमाले विभाजित भएर माधव नेपालले एकिकृत समाजवादी गठन गरेपछि एकिकृतमा खुलेका थिए भने पछि एमालेमै फर्केका थिए । क्षेत्रीय कमिटी अध्यक्ष तथा जिल्ला कमिटी सदस्य रही सकेका प्रदेश सासंद सञ्जेल पनि उत्तिकै दौडधुपमा छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij