
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले पर्यटन व्यवसायीको हितमा प्रदेश सरकारले काम गर्ने बताउनुभएको छ ।
ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)ले मङ्गलबार मन्त्री श्रेष्ठको सम्मानमा आयोजना गरेको कार्यक्रममा “पर्यटन व्यवसायीको हितका लागि प्रदेशले गर्नुपर्ने कामलाई मैले गम्भीरताका साथ लिएको छु”, उहाँले भन्नुभयो ।
टानका अध्यक्ष खुमबहादुर सुवेदीले कोरोनाका कारण थलिएको पर्यटन व्यवसायलाई चलायमान बनाउन प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।
टानका पूर्वअध्यक्षले पर्यटनमैत्री ऐन कानून नबन्दा समस्या भएको जनाउँदै प्रदेश सरकारले पर्यटनलाई महत्वका साथ अगाडि बढाउनुपर्ने बताउनु भयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij