
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका १ ईमाडोल नयाँबस्तीमा चोरी भएको छ । विमला बन्जाडेको कोठाबाट नगद, सुन तथा चाँदीका विभिन्न गहना समेत गरी करिब ७ लाख ८८ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको बताइएको छ । कोठामा कोही नभएको अवस्थामा अपरिचित मानिसहरुले कोठाबाट उक्त धनमाल चोरी गरी भागेको प्रहरीको भनाई छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij