
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडाैँ । सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगमा एक मात्र खेल हुँदैछ । छैटौँ चरणको अन्तिम खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब प्रतिस्पर्धा हुनेछ ।
यो खेल दिउँसो १ बजे सुरु हुनेछ । सातदोबाटो ५ खेलमा ८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । जावलाखेललाई हराएर चौँथो स्थानमा उक्लने अवसर सातदोबाटोलाई छ । जावलाखेल ५ खेलमा ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
जारी लिगमा मछिन्द्र शीर्षस्थानमा छ भने एपीएफ र च्यासल युथ क्लब रेलिगेशन जोनमा छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij