Logo

Aug 27 2025 | २०८२, भदौ ११ गते

Aug 27 2025 | २०८२, भदौ ११ गते

जम्मू कश्मीरमा भिषण बर्षापछि पहिरो, वैष्णो देवी जाने ३२ भक्तजनको मृत्यु

जम्मू कश्मीरमा भिषण बर्षापछि पहिरो, वैष्णो देवी जाने ३२ भक्तजनको मृत्यु

  • काठमाडौँ । भारतको जम्मू कश्मीरको रियासी जिल्लामा रहेको माता वैष्णो देवी धाम जाने बाटोमा भारी वर्षाका कारण पहिरो गएको छ ।

    images
    images
    images

    दुर्घटनामा ३२ जना भक्तजनको मृत्यु भएको छ भने करिब २० जना घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    images

    अहिले राहत तथा उद्धार कार्य जारी रहेको बताइएको छ । वैष्णो देवी मन्दिर जाने बाटोमा रहेको अर्धकुँवारी गुफा मन्दिरको इन्द्रप्रस्थ भोजनालय नजिकै पहिरो गएको छ।

    त्रिकुटा पहाडमा रहेको मन्दिर मार्गको ठूलो भाग भग्नावशेषले ढाकिएको छ । भग्नावशेषमुनि धेरै मानिसहरू दबिएको हुन सक्ने आशंका गरिएको छ। सेना र प्रशासन राहत तथा उद्धार कार्यमा संलग्न छन् ।जम्मू कश्मीरमा निरन्तर वर्षाले बाढी र पहिरोको अवस्था सिर्जना गरेको छ ।

    जम्मूमा ओभरब्रिज भत्किएका छन्, बिजुलीका तार र मोबाइल टावरहरूमा क्षति पुगेको छ भने तीन पुलमा क्षति पुगेको उल्लेख छ । मंगलबार श्री माता वैष्णो देवी मार्गमा पहिरो गएपछि यात्रा रोकिएको छ ।२०१४ (११ वर्ष) पछि, मंगलबार यस क्षेत्रमा यस्तो पानीको विनाश देखिएको बताइएको छ ।

    images

    अविरल बर्षाले जम्मू डिभिजनका सबै प्रमुख नदीहरू खतराको चिन्हभन्दा माथि बगिरहेका छन् भने प्रभावित क्षेत्रका सयौं मानिसहरू सुरक्षित स्थानहरूमा शरण लिएका छन् । जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग जम्मूदेखि रामबनसम्मका लगभग १२ स्थानमा पहिरोका कारण बन्द रहेको छ ।

    चक्की पुल पठानकोटमा बाढी जस्तो अवस्थाका कारण जम्मू, उधमपुर, कटरा जाने १८ वटा रेलहरू रद्द गरिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij