Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर । ललितपुर महानगरपालिकाले नागरिक सचेतना अभियान सुरू गरेको छ। नगरप्रमुख चिरिबाबु महर्जनको निर्देशनअनुसार ‘स्वच्छ, सुन्दर ललितपुर’ भन्ने नारासहित नगर प्रहरीले एक साता लामो सचेतना अभियान सुरू गरेको हो। पहिलो दिन ललितपुर नगर प्रहरीले सचेतना जगाउने प्लेकार्ड र माइकिङसहित मोटरसाइकल र्यालीको आयोजना गर्यो।
महानगर भित्र बसोबास गर्ने जनतालाई सभ्य र सचेत गराउन तथा नयाँ नियम कानूनबारे जानकारी गराउने उद्धेश्यले अभियान सुरू गरेको ललितपुरका नगर प्रहरी प्रमुख सिताराम हाथेछुले जानकारी दिए। हाछेथुले महानगरपालिका भित्र फुटपाथ अतिक्रमण र अव्यवस्थित तार सुधारका काम आफूहरुले गरिरहेको दावी गरे । नगरप्रहरले हरिसिद्धिदेखि सानेपासम्मका होडिङ् बोर्ड झिकेको उनले जानकारी दिउका थिए । यो अभियानबाट पछिल्लो समय जथाभावी पार्किङ गर्ने बानी परिवर्तन हुँदै गएको हाछेथुले बताए।
‘हामीले सचेतनास्वरूप कारबाही थालेका थियौं। छोटो समयमै सफल भयौं’, उनले भने,‘हाम्रो अभियानलाई नगरवासीले साथ दिनुभएको छ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij