
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । कालिकोटमा आज छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । माटोको ढिस्कोमा च्यापिएर कालिकोटमा पचालझरना गाउँपालिका–९ की १४ वर्षीया अम्बिका दर्जीको मृत्यु भएको छ ।
रास्कोट नगरपालिका–९ गामखेतस्थित फुगाड खोला माटो खन्ने क्रममा च्यापिएर दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोशीले बताउनुभयो । त्यस्तै रास्कोट नगरपालिका–९ मार्तडी भन्ने जङ्गलमा घास काट्न गएको अवस्थामा भिरबाट लडेर एकको मृत्यु भएको र मृत्तकको पहिचान खुल्न नसकेको सूचना अधिकारी यक्षराज जोशीले बताउनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij