
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं । आज देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ र तराईका थोरै भू(भागमा आंशिक बदली रहेको छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। यस्तै प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।
त्यस्तै,आज राति प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान् बदली रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा पानी पर्ने सम्भावना रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij