Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

बन्चरो प्रहार गरी दाइले गरे भाइको हत्या

बन्चरो प्रहार गरी दाइले गरे भाइको हत्या

  • काठमाडौं । अर्घाखाँचीमा आफ्नै दाइले बन्चरो प्रहार गरी भाइको हत्या गरेका छन् ।

    images
    images
    images

    जिल्लाको शितगंगा नगरपालिका-६ पाखापानी निवासी ४२ वर्षीय बिष्णुबहादुर बादीले आफ्नै ३२ वर्षीय भाइ बमबहादुर बादीको बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

    images

    बन्चरो प्रहारबाट घाइते भाइको उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । बिहीबार साँझ दुई भाइबिच विवाद हुँदा घटना घटेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

    हत्या गरेर फरार भएका अभियुक्तलाई भाग्ने क्रममा इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij