Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं – वैदेशिक रोजगारीका नाममा विभिन्न युवाहरुलाई प्रलोभन देखाई ठगी गर्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, ती व्यक्तिहरुले रोजगारीका लागि विदेश पठाइदिने भन्दै पीडितबाट ठूलो रकम असुल्ने कार्य गर्दै आएका थिए।
प्रहरीको भनाइअनुसार, ठगीमा संलग्न दुईजना व्यक्तिहरु क्रमशः सुमन ताम्राकार र योगेन्द्र घले रहेका छन्। उनीहरुले वैदेशिक रोजगारको प्रलोभनमा पारेर पीडितहरुबाट लाखौँ रुपैयाँ उठाएको पाइएको छ।
प्रहरी अनुसन्धानले देखाएको विवरणअनुसार, ताम्राकारले मात्रै १२ लाख र घलेले ६ लाख रुपैयाँ उठाएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij