
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं । नुवाकोटको बिमचना खोलामा आएको बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।
ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा आएको बाढील ३२ वर्षिया कमला बलामीलाई बगाएको हो । उनको खोजी भइरहेको सशस्त्र प्रहरीले बताएको छ ।
सोही ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा अशोक बलामी घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौं ल्याइएको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij