
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ। असार १४ गते शनिबार बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा भिजिट भिसा प्रकरणसँग सम्बन्धित पछिल्ला विकसित घटनाक्रमबारे छलफल हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । शनिबार नै प्रतिनिधिसभा बैठक पनि बस्दै छ ।
रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसदमा विरोध गर्दै आएको छ । मन्त्रिपरिषद बैठकले भिजिट भिसा प्रकरणमा छानबिन गर्न पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा समिति गठन गरे पनि रास्वपाले त्यसलाई स्वीकार गरेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij