Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभामा टेबुल

नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभामा टेबुल

  • काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ । प्रतिनिधिसभाका सचिव शर्कराज राईले सो विधेयक टेबुल गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    यस्तै, संयुक्त समितिकोअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सांसद रामहरि खतिवडालाई पठाइएको छ। सभामुखको आशनमा रहेकी उपसभामुख इन्दिरा रानामगरले राखेको नाम हेरफेरसम्बन्धी प्रस्तावलाई सदनले स्वीकार गरेको हो ।

    AGNI GROUP

    यसअघि सो समितिको सभापति रहेकी ईश्वरी न्यौपानेले राजीनामा दिइ राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्वाचित भएकी छन् । यसअघि राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका खतिवडाले राजीनामा दिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij