
Jun 27 2025 | २०८२, असार १३ गते
प्रहरीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामाग्री, माक्स, स्यानीटाईजर, फेस माक्सलगायतको सामाग्री उपलब्ध गराएको हो ।
ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्र्तगतको नेतृत्व विकास समितिले ललितपुर प्रहरी परिसरलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । फ्रन्टलाइनमा रहेर काम गर्ने प्रहरीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामाग्री, माक्स, स्यानीटाईजर, फेस माक्सलगायतको सामाग्री उपलब्ध गराएको हो ।
प्रतिष्ठानको नेतृत्व विकास समितिको संयोजक उषा मल्ल सिहंका अनुसार जावलाखेल ट्राफिक प्रहरी ईन्चार्ज सुभाष देउवालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । उक्त टोलीमा प्रतिष्ठानका सदस्य शरद महर्जन, नरेन्द्र महर्जनलगायतको सहभागिता रहेको थियो ।
प्रतिष्ठानको यो टोलीले ललितपुर प्रहरी परिसरकी प्रमुख तथा एसएसपी किरण बज्राचार्यसँग लकडाउनको अवस्था र सतर्कताको बारेमा समेत छलफल गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij