Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचनको उत्साह

ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचनको उत्साह

  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आसन्न निर्वाचनका लागि वीरगञ्जको चर्चित ठाकुरराम क्याम्पसमा ३४ विद्यार्थी सङ्घ, सङ्गठन र समूहले दर्ता गरेका छन् । 

    images
    images
    images

    ठाकुरराम बहुमुखी क्याम्पसमा २०६५ सालयता स्ववियु निर्वाचन हुनसकेको छैन । जसकारणले यस वर्ष यहाँ हुने स्ववियु निर्वाचनमा विद्यार्थीको उत्साहजनक उपस्थिति हुने छनक देखिएको छ । स्ववियु निर्वाचन अधिकृत दिलीप सिंहले निर्धारित समयभित्र ३४ विद्यार्थी सङ्घ, सङ्गठन र समूहले दर्ता गरेको जानकारी दिए । 
     
    नेपाल विद्यार्थी सङ्घ पर्साका पूर्वअध्यक्ष दिलीपराज कार्कीले ठाकुरराममा स्ववियु निर्वाचन नहुँदा विद्यार्थीको नेतृत्व विकासमा असर पार्दै आइरहेको बताए । 

    स्ववियु निर्वाचन अन्तर्गत चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij