Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

दर्ता भएकाे डेढ वर्षपछि भन्सार विधेयक पारित

दर्ता भएकाे डेढ वर्षपछि भन्सार विधेयक पारित

  • काठमाडौं । ससद्को तल्लो सदन प्रतिनिधिसभाले दर्ता भएकाे डेढ वर्षपछि भन्सार विधेयक पारित गरेकाे छ ।

    images
    images
    images

    प्रतिनिधिसभाको आज मङ्गलबारको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक पारित गरियोस्’ भनी पेस गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।

    यो विधेयक अघिल्लो सरकारले ल्याएको थियो । तत्कालीन अर्थमन्त्री डा.प्रकाशशरण महतले २०८० असोज १८ मा विधेयक प्रतिनिधिसभामा दर्ता गरेका थिए ।

    २०८० चैत १८ मा दफावार छलफलका लागि प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा पुगेको थियो । अर्थ समितिबाट पारित भएर २०८१ वैशाख १४ मा सभामा गएको थियो ।

    अब यो विधेयक राष्ट्रियसभामा जान्छ । राष्ट्रियसभाले पारित गरेपछि पुनः प्रतिनिधिसभामा आउँछन । त्यसपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्ने विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रूपमा कार्यान्वयनमा आउने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij