Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । पञ्जाबी अभिनेता तथा हास्य कलाकार जसविन्दर भल्लाको निधन भएको छ । उनका नजिकका साथी बाल मुकन्द शर्माले यसको पुष्टि गरेका छन्
बाल मुकुन्द शर्माले बीबीसी पञ्जाबी सेवाका पत्रकार नवजोत कौरलाई बताए अनुसार जसविन्दर भल्लालाई बुधबार साँझ ब्रेन स्ट्रोक भएपछि मोहालीको फोर्टिस अस्पतालमा भर्ना गरिएको थियो ।
जहाँ उपचारको क्रममा बिहीबार उनको मृत्यु भयो । जसविन्दर भल्लाको अन्तिम संस्कार शनिबार मोहालीमा गरिने छ । जसविन्दर भल्ला पञ्जाबी फिल्म उद्योगमा एक प्रसिद्ध नाम थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij