Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सुनको सिफारिस प्रक्रियामा कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ ।
राष्ट्र बैङ्कको वैदेशिक विनिमय व्यवस्थापन विभागले सूचना जारी गर्दै सुन व्यवसायसम्बन्धी सङ्घ, महासङ्घले वाणिज्य बैङ्कबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क नलिन आग्रह गरेको हो ।
सूचनामा भनिएको छ, “सुन आयात तथा बिक्री वितरण सम्बन्धमा ‘सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८’ विद्यमान रहेको र उक्त कार्यविधिको दफा १४ मा व्यवस्था भएबमोजिम सुन व्यवसाय सम्बन्धी संघ र महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क लिन नपाइने व्यवस्था रहेको हुँदा सुन खरिदको लागि सिफारिस प्रदान गर्ने संघ, महासंघ र सिफारिस लिने व्यवसायीले उक्त व्यवस्थाको पालना गर्नु ।”
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij