
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । भारतको कोलकाता स्थित एक होटलमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । पुलिस कमिश्नर मनोज कुमार वर्माले व्यस्त बजार क्षेत्रको एक होटलमा आगलागी भएको बताएका छन्।
आगलागी नियन्त्रणमा आइसकेको छ । उद्धारकर्ताहरूले केही मानिसलाई सो होटलबाट बाहिर निकालेका छन्। प्रहरीका अनुसार ऋतुराज होटलमा आगलागी भएको हो।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार आगोबाट बच्न केही मानिसहरू झ्यालबाट हामफालेको देखिएको थियो । यसरी हामफाल्दा केही घाइतेसमेत भएका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij