
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । सुदूरपश्चिम प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिलामन्त्री बहादुरसिंह थापालाई दिइएको छ ।
मंगलबार भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री कमलबहादुर शाहले आफू भारतमा रहँदासम्मका लागि कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी थापालाई दिएका हुन् ।
भारत सरकारको निमन्त्रणामा मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली भारत प्रस्थान गरेको छ । बैशाख १६ देखि २२ गतेसम्मको भ्रमण तालिका रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij