
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजी निवास खुमलटारमा बैठक बोलाएका हुन् ।
बैठकमा समसामयिक राजनीति,अभियानको समीक्षा लगायत विषयमा छलफल गर्न बैठक बोलाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
माओवादीले फागुन १२ गतेदेखि हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान सञ्चालन गरेको छ । सरकारले ल्याउन लागेको राजनीतिक दलसम्बन्धी संशोधन विधेयकबारे पनि छलफल हुनसक्ने उनले बताए ।
प्रचण्डसहितका शीर्ष नेताहरू सोमबार धनुषाबाट काठमाडौँ आएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij