Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

राष्ट्रिय झण्डा राखेको पोलबाट माइतिघरमा आत्महत्याको प्रयास

राष्ट्रिय झण्डा राखेको पोलबाट माइतिघरमा आत्महत्याको प्रयास

  • काठमाडौं । प्रहरीले माइतीघर मण्डलामा रहेको राष्ट्रिय झण्डा राखेको पोलबाट आत्महत्याको प्रयास गरेकी एक महिलाको उद्धार गरेको छ ।

    images
    images
    images

    आत्महत्याको प्रयास गर्ने आरती रावल गिरीलाई प्रहरीले उद्धार गरेको हो । उनी मंगलबार दिउँसो झण्डा राखिएको पोलमा चढेकी थिइन् ।

    images

    आफ्नै पूर्व श्रीमान्बाट बलात्कृत भएको भन्दै मुद्दा दायर गरेकी उनी पटकपटक आत्महत्याको प्रयास गर्दै आएकी छन् ।

    गत माघ २ गते सर्वोच्च अदालतअगाडि आत्मदाहको प्रयास गरेकी उनले गत चैत २१ गते सर्वोच्च अदालत परिसरमै विष सेवन गरेकी थिइन् । उद्धार गरिएकी उनको वीर अस्पतालमा उपचार भइरहेका छ ।

    अदालतले पूर्व न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ७ वर्ष कैद सजाय हुने फैसला सुनाइसकेको छ । आरती भुवनकै पूर्वश्रीमती हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij