
Jun 14 2025 | २०८२, जेठ ३१ गते
काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले ललितपुरमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ ।
भैँसेपाटीस्थित कार्यविनायक ट्रेड सप्लायर्सलाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सले यो शोरूम उद्घाटन गरेको हो ।
शुक्रबार आयोजित औपचारिक समारोहमा कार्यविनायक ट्रेड सप्लायर्सका सञ्चालक मनि राज महर्जन र लेमिनार टायल्सका निर्देशकद्वय अभिनव चुरिवाल र आशुतोश खेतानले संयुक्त रूपमा “एम्पोरियो” श्रेणीअन्तर्गतको डिलर शोरूमको उद्घाटन गरे ।
उद्घाटन समारोहमा बोल्दै अभिनव चुरिवालले लेमिनार टायल्सले देशभर १०० भन्दा बढी विशेष शोरूमहरू स्थापना गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताएका छन् ।
बर्दियाको गुलरियामा १२.५ बिगाहा क्षेत्रफलमा अवस्थित अत्याधुनिक युरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ ।
कम्पनीले ५०० भन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको छ । यी टायल्सहरु पूर्ण भिट्रिफाइड भएकाले ९९.९२ प्रतिशतसम्म वाटरप्रुफ छन् र उच्च गुणस्तरको कच्चा पदार्थ तथा उन्नत उत्पादन प्रक्रियाका कारण अन्य सेरामिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij