Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

आँप खाँदै हुनुहुन्छ ? यसरी अपनाउनुस् सतर्कता !

आँप खाँदै हुनुहुन्छ ? यसरी अपनाउनुस् सतर्कता !

  • काठमाडौं । गर्मी मौसम सुरु भएसँगै बजारमा जताततै आँप आउन थाल्छ । कतिपय आँप मीठो र रसिला हुने भएपनि केमिकलले पकाइएका आँपहरू निराशाजनक रूपमा स्वादहिन हुन सक्छन् । यस्तो अवस्थामा केमिकलले पकाएको आँपलाई केही सजिलो तरिकाले पत्ता लगाउन सक्नुहुन्छ । 

    images
    images
    images

    गन्धद्वारा पहिचान
    प्राकृतिक रूपमा पाकेको आँपमा मीठो र फलफूल सुगन्ध हुन्छ । रासायनिक तरिकाले पकाएको आँपमा प्रायजसो फरक गन्ध हुन्छ । जस्तै रासायनिक सुगन्ध । यसले तपाईंलाई आम पहिचान गर्न मद्दत गर्न सक्छ।

    images

    स्पर्शद्वारा पहिचान
    केमिकलले पाकेको आँपको छाला धेरै नरम हुन सक्छ । तर भित्रबाट कच्चा हुन सक्छ। प्राकृतिक रूपमा पाकेको आँप अलि बलियो हुन्छ र समान रूपमा पाकेको हुन्छ, केमिकल हालेको आँप असमान तरिकाले पाकेको हुन्छ ।


    रंगद्वारा पहिचान
    केमिकलले पकाएको आँप चाँडै पहेँलो हुन्छ । तिनीहरू बाहिरबाट चम्किलो देखिन्छन् तर भित्रबाट कच्चा रहन्छन् । तिनीहरूको रङ प्रायः एक समान पहेंलो हुन्छ । जबकि प्राकृतिक रूपमा पाकेको आँप हल्का हरियो र पहेँलो दुवै हुन सक्छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij