
Jun 14 2025 | २०८२, जेठ ३१ गते
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का एक सय ८७ जना शिक्षक-कर्मचारी अध्ययन बिदामा गएर नफर्किएको पाइएको छ ।
त्यस्तै दुई सय १३ जनाले उत्तीर्ण प्रमाणपत्र पेस नगरेको खुलासा भएको हो । डा.जीवन काफ्ले नेतृत्वको तीन सदस्यीय खोज समितिले आज त्रिवि पदाधिकारीहरूलाई यो प्रतिवेदन बुझाएको छ ।
समितिका संयोजक डा. काफ्लेका अनुसार समितिमा कृष्णहरि आचार्य सदस्य र दीपक तिवारी सदस्य-सचिव छन् । प्रतिवेदन बुझ्दै त्रिविका उपकुलपति खड्क केसीले उनीहरूले पाएको सेवा सुविधा ब्याजसहित असुल गरिने बताएका छन् ।
प्रतिवेदनमा उल्लेखित तथ्यहरूको यथाशीघ्र पुनः प्रमाणीकरण गर्न र थप छानबिन गर्न त्रिवि पदाधिकारीहरूले सोही समितिलाई जिम्मेवारी सुम्पेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij