Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

अवैध उत्खनन रोक्न चोर बाटो बन्द

अवैध उत्खनन रोक्न चोर बाटो बन्द

  • काठमाडौं ।  धनुषा प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न चोर बाटोहरु बन्द गरेको छ । नदीजन्य पदार्थकाे अवैध उत्खनन गरी ओसारपसार गर्न प्रयोग गरिने चोर बाटोहरु जेसिबी मेसिनले खनेर बन्द गरिएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहले कडाइ गरेपछि रातीको समयमा लुकाएर नदीजन्य पदार्थको दोहन गर्न थालेपछि त्यसलाई पूर्णरुपमा बन्द गर्न चोर बाटोहरु बन्द गर्नुपरेको बताउनुभयो ।

    images

    उहाँले मिथिला नगरपालिकाको सहयोग तथा समन्वयमा नगर क्षेत्रभित्र पर्ने औरही, जलाद र बडहरी खोलाको चोर बाटोहरु दुई दिन लगाएर बन्द गरिएको जानकारी दिनुभयो ।

    अवैध नदी उत्खनन रोकथाम गर्ने क्रममा चालू आर्थिक वर्षमा ट्याक्टर, टिपर गरी २५० भन्दा सवारी साधन नियन्त्रणमा लिएर कारबाही गरिएको बताउँदै उहाँले अवैध उत्खनन कार्य रोक्न प्रहरी सक्रिय रहेको बताउनुभयो ।

    यसैगरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगरले क्षीरेश्वरनाथ नगरपालिका र बटेश्वर गाउँपालिकाको विभिन्न नदीनालाबाट भइरहेको अवैध उत्खनन बन्द गर्न चोर बाटो बन्द गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij