
Jun 16 2025 | २०८२, असार २ गते
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा दुई व्यक्ति र कुकुर मृत अवस्थामा भेटिएका छन् ।
मृत भेटिनेमा भारतको चन्डिगढका घर भएका ५४ वर्षीय परम नारायण गिल र २८ वर्षीया अन्जना तामाङ छन्। अन्जनाको ठेगाना भने धादिङको गल्छी गाउँपालिका–६ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।
उनीहरू पासिकोट स्थित थ्री–स्टार किडजोन स्कुलको कम्पौण्ड भित्र रहेको साढे दुई तले घरमा मृत भेटिएको एसपी बोहराले बताए ।
उनीहरूका साथै एउटा कुकुर पनि मृत भेटिएको छ । शुक्रबार राति शव भेटिएपछि घटना शंकास्पद रहेको आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
भारतीय नागरिक गिल उक्त घरमा एउटा कोठा भाडामा लिएर बसेका थिए । उनी फाटोग्राफर रहेको पाइएको प्रहरीले बताएको छ ।
भाडाको उक्त कोठामा उनीहरू मृत भेटिएका हुन् । हत्यापछि आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij