Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । भारतको छत्तीसगढमा संदिग्ध माओवादीहरूको आक्रमणमा जिल्ला रिजर्भ गार्डका एक जवानको मृत्यु भएको छ भने तीन जवान गम्भीर घाइते भएका छन् ।
भारतीय सञ्चार माध्यमहरुले जिल्ला रिजर्भ गार्डको एक टोली माओवादीहरू विरुद्धको अभियानको लागि इन्द्रावती राष्ट्रिय निकुञ्ज क्षेत्रमा निस्किएको समयमा सोमबार बिहान भोपालपट्टनम क्षेत्रको चिल्ला मार्का गाउँ नजिकै माओवादीहरूले गरेको आइइडी विस्फोटमा एक जवानको मृत्यु भएको छ भने केहि जवान घाइते भएको बताएका छन् ।
प्रहरीका अनुसार यस विस्फोटमा जिल्ला रिजर्भ गार्डका एक जवान दिनेश नागको घटनास्थलमै मृत्यु भएको थियो । घाइते जवानहरूलाई प्रारम्भिक उपचारपछि घटनास्थलबाट बाहिर निकालिएको छ ।
तीनै जना जवान खतरामुक्त छन् । छत्तीसगढमा विगत डेढ वर्षदेखि माओवादीहरू विरुद्ध सघन अभियान चलिरहेको छ ।
देशका गृहमन्त्री अमित शाहले मार्च ३१,२०२६ सम्म छत्तीसगढ लगायत सम्पूर्ण देशबाट माओवाद अन्त्य गर्ने समयसीमा तोकेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij