Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सामान्य अंकले घट्यो नेप्से

सामान्य अंकले घट्यो नेप्से

  • काठमाडौं । साताको कारोबारको चौथौं दिन आज नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ० दशमलव २१ अंकले घटेर १९६० दशमलव ६० को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    बुधबार ३०५ कम्पनीका ४१ हजार १ सय ३७ पटकको कारोबारमा ५८ लाख ७४ हजार ९ सय ६७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ५४ करोड ७० लाख ३० हजार ८ सय २५ रुपैयाँ रहेको छ ।

    बुधबार १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
    आज १३ उपसमूहमध्ये ४ वटा समूह बढेको छ भने ८ समूह घटेको छ । बढ्नेमा फाइनान्स, हाइड्रो, लघुवित्त र ट्रेडिङ बढेको छ ।

    आज इन्फिनिटी लघुवित्तको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने डोटी हाइड्रोपावर ९ दशमलव ७९ अंकले बढेको छ । समता घरेलु लघुवित्तको सेयर मूल्य ९ दशमलव ६७ प्रतिशतले बढेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij