
Sep 04 2025 | २०८२, भदौ १९ गते
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको २ लाख ७ हजार ९ सयमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।
यस्तै, आज चाँदीको मूल्य पनि स्थित रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २४८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार पनि चाँदी तोलाको २४८० मै कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij