
Sep 06 2025 | २०८२, भदौ २१ गते
काठमाडौँ । काठमाडौंको बसन्तपुरमा शनिबार भइरहेको इन्द्रजात्रामा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायतका उच्चपदस्थ पदाधिकारीहरूले अवलोकन गरेका छन् । शनिबार दिउँसो बसन्तपुर पुगेर राष्ट्रपति सहितले इन्द्रजात्रा अवलोकन गरेका हुन् ।
इन्द्रजात्रा हेर्न आएका राष्ट्रपति पौडेललाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले स्वागत गरेका थिए। तर, प्रधानमन्त्री ओलीको स्वागतमा भने देखिएनन् । अघिल्लो वर्षको इन्द्रजात्रामा अनुपस्थित रहेका मेयर बालेन यसपटक भने उपस्थित देखिएका छन् ।
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij