Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

आजको मौसम: देशका पहाडी र तराई भूभागमा वर्षाको सम्भावना

आजको मौसम: देशका पहाडी र तराई भूभागमा वर्षाको सम्भावना

  • काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । जसका कारण कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा मौसम साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

    onlinepatrika
    Arghakhachi

     महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    AGNI GROUP

    आज दिउँसो देशभर साधरणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

     आज राति भने कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा भने मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij