
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कुलेश्वर क्षेत्रबाट आज सुर्तीजन्य पदार्थ बरामद गरेको छ । काठमाडौँ महानगरपालिका-१४ कुलेश्वरस्थित साझा पेट्रोल पम्प क्षेत्रबाट नगर प्रहरीले शुक्रबार बिहान सुर्तीजन्य पदार्थ बरामद गरेको हो ।
लक्ष्मी बलामी, रीता केसी, जीवन बस्नेत, प्रमिला शाह र कुन्दन जैसवालले सञ्चालन गरेको किराना पसलमा झुन्डाएर राखिएको सुर्तीजन्य पदार्थ जफत गरिएको महानगरीय प्रहरीले जनाएको छ ।
पटक-पटक सुर्तीजन्य पदार्थ बिक्री नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि सामानै जफत गरिएको हो । काठमाडौँ महानगरपालिकाले नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिवन्ध लगाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij