Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

अमेरिका यात्रामा प्रतिबन्ध लगाउँदै ट्रम्प प्रशासन

अमेरिका यात्रामा प्रतिबन्ध लगाउँदै ट्रम्प प्रशासन

  • काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भुटान सहित ३६ देशका नागरिक माथि अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

    images
    images
    images

    वासिङ्टन पोस्टका अनुसार अमेरिकी विदेश मन्त्रालयले ती देशहरूलाई नयाँ सुरक्षा मापदण्ड पूरा गर्न ६० दिनको समय दिएको छ ।

    images

    विदेशमन्त्री मार्को रुबियोको हस्ताक्षर गरेको मेमो सम्बन्धित देशमा रहेको अमेरिकी कूटनीतिक नियोगहरूमा पठाइएको छ । उक्त प्रतिबन्ध लाग्नसक्ने देशको सूचीमा अमेरिका समर्थक देशहरू इजिप्ट र जिबुउटी जस्ता मुलुक समेत परेका छन् ।

    अमेरिकी अधिकारीका अनुसार प्रतिबन्ध लगाउने तयारी गरिएका देशहरूले विश्वसनीय परिचयपत्र प्रणाली नभएको, सरकारी संयन्त्र प्रभावकारी नभएको वा ती देशका नागरिकहरूले अमेरिकी भिसाको दुरुपयोग गर्ने प्रवृत्ति देखिएको जस्ता आधारमा मापदण्ड नपुगेको उल्लेख छ ।

    यदि ती देशहरू अमेरिकाबाट निष्कासित अन्य तेस्रो देशका नागरिकलाई स्वीकृति दिन तयार भएमा, अन्य कडाइका प्रावधानमा लचकता अपनाइने बताइएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij