
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) की नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदभार ग्रहण गरेकी छन् । बुधबार उनलाई नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको थियो ।
उनी कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् । निर्णयअनुसार संगीतालाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभए सम्मका लागि नियुत्त गरिएको हो । पदभार ग्रहण गर्दै संगीताले सबैको सहयोगको अपेक्षा सहित कम्पनीको उत्तरोत्तर प्रगतिका लागि अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij