
Aug 02 2025 | २०८२, साउन १७ गते
काठमाडौं । गृह मन्त्रालयले खटाएको ठाउँमा नगएका २३ जना कर्मचारीलाई २४ घण्टाभित्र हाजिर हुन जान निर्देशन दिएको छ ।
मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न मितिमा सरुवा तथा पदस्थापन भइसकेका तर अहिलेसम्म सम्बन्धित कार्यालयमा उपस्थित नभएका कर्मचारीको नामावली सार्वजनिक गरेको गरेको हाे ।
मन्त्रालयले १८ जना शाखा अधिकृत र ५ जना नासुलाई २४ घण्टे निर्देशन दिएको छ । मन्त्रालयले उनीहरूलाई २४ घण्टाभित्र तोकिएको कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij